Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोपावरको आईपीओ  बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १२ : ०६ मा प्रकाशित

सिईडिबि हाइड्रोपावरको आईपीओ  बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सिईडिबि हाइड्रोपावरले निष्काशान गरेको आईपिओ बाँडफाँडको काम भर्चुअल माध्यामबाट आज (शुक्रबार) बिक्रि प्रबन्धक सनराईज क्यापिटलको केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ । 

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने बिक्रि प्रबन्धकले जनाएको छ । आईपिओको नतिजा www.iporesult.c cdse.com.np मा गएर वा बिक्रि प्रबन्धक सनराईज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाट पनि हेर्न सकिने छ । 

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १६ लाख ८५ हजार ६२५ जनाले आवेदन दिएका थिए जसमध्यमा ४ हजार ४४२ जनाको ६१ हजार ३७२ कित्ता आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणलाई जारी भन्दा १०.५२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९१ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले र बाँकी ४ जनाले ११ कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् । भने बाँकी १४ लाख ४६ हजार ९८८ जना आवेदकको हात खाली भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको