Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट पैसा छाप्ने हो ? सेयर ज्ञानको लागि हेर्नै पर्ने चार हिन्दी भाषाका फिल्म

अर्थ संसार

आइतबार, २१ कार्तिक २०७८, ११ : १० मा प्रकाशित

सेयर बजारबाट पैसा छाप्ने हो ? सेयर ज्ञानको लागि हेर्नै पर्ने चार हिन्दी भाषाका फिल्म

अहिले कोरोनाका कारण देश ठप्प छ अधिकांश मानिसहरु सरकारले गरेको निषेधाज्ञाका कारण घरमा नै बसिरहने परेको छ । धेरै मानिसका लागि अहिलेको समय फुर्सदिलो समय पनि बनेको छ त्यसकार यो समय सेयर बजारमा रुचि राख्नेहरुका लागि ज्ञान आर्जनको महत्वपुर्ण समय बन्न सक्छ ।

अहिले नेपालमा सेयर बजारले लगानीकर्तालाइ आकर्षित गरिरहेकोछ । कतिपय नयाँ लगानीकर्ताहरुले बजारका आधारभूत पक्षहरुका बारेमा ज्ञान नपाउँदा नोक्सानी व्यहोर्न परिरहेको देखिन्छ ।

सेयर बजारका बारेमा अहिले बजारमा बिभिन्न लेखकका पुस्तकहरु पनि प्रसस्त उपलब्ध छन् । साथै अहिलेसम्मको अवस्थामा आइपुग्दा बिश्वमा सेयर बजारलाई नै मुख्य बिषयबस्तु बनाएर धेरै संख्यामा फिल्महरु र्निमाण भइसकेका छन् । पुस्तक पढेरभन्दा आम मानिसहरुले फिल्म हेरेर त्यसको बिषयबस्तुका बारेमा बढी ज्ञान हासिल गर्न सक्दछन् ।

अझ भन्नु पर्दा मानिसले कुनै पनि बिषयबस्तुका बारेमा बढेरभन्दा बढी हेरेर बुझ्न सक्छन् । तपाई सेयर बजारमा प्रबेश गर्न चाहानुहुन्छ भने तपाइले सबैभन्दा पहिला सेयर बजारका बारेमा आधारभुत ज्ञान हासिल गर्नु जरुरी हुन्छ । यदि तपाइँ सेयर बजारका आधारभूत पक्षको ज्ञानबिना बजारमा प्रबेश गर्नुभयो भने तपाइँको व्यबसायिक यात्रालाई नोक्सान गर्दछ ।

अहिले बिश्वमा सेयर बजारमा आधारित रहेर धेरै फिल्महरु र्निमाण भएका छन् । बिभिन्न फिल्महरु मध्ये हिन्दि भाषका यी फिल्महरु हेर्दा दर्शकहरुले सेयर बजारका बारेमा केही हदसम्म ज्ञान हासिल गर्न सक्दछनः

१.गफला(Gafla): हिन्दी भाषामक बनेका बिभिन्न सेयर सम्बन्धी चलचित्रहरुमध्ये यो फिल्म दर्शकद्वारा अत्याधिक मन पराइएको फिल्म हो, जुन भारतीय सेयर कारोबारी हर्सद मेहताको ४०२५ करोड रुपैयाँ घोटलासँग सम्बन्धित छ ।

फिल्ममा सुवोध नामको एक सामान्य, महत्वकांक्षी,मध्यमवर्गिय एक युवक हुन्छ । जसलाई अगाडि बढ्ने सीमित अवसरहरु हुन्छन् । यस फिल्ममा यही युवकको सेयर बजारको यात्रालाई देखाइएको छ । सेयर बजारमा कारोबार गर्दै जाँदा उ एकदिन बजारको ठूलो खेलाडी बन्न पुग्छ र उसले त्यसैको आडमा ठूलो घोटला गर्दछ ।

आम दर्शकलाई यो फिल्मले सिकाउने मुख्य पाठ भनेको पैसा कमाउन बजारमा अपनाइने रणनीतिबाट कोही पनी सन्तुष्ट छैनन् । सेयर बजारमा अनिष्चितता सधै कायमै रहन्छ । कसैलाइ पनि सेयर बजारका बारेमा सम्पूर्ण जानकारी हुँदैन । लगानीकर्ताहरुले जतिबेला पनि मनग्य कमाउन पनि सक्छन् । भने जुनबेलामा पनि गुमाउन सक्छन् । त्यसकारण बजारमा लगानी गर्दा एकैपटक आफूसँग भएको सबै रकम लगानी गर्नु हुदैन भन्ने सन्देश दिएको छ ।

फिल्ममा सोमेश अग्रवाल,अंकुश चोवे र निशिकान्त दीक्षितले मुख्य भुमिका निर्वाह गरेका छन् ।

२. बजार(BAAZZAR): बजार फिल्म सन् २०१८ मा बनेको हिन्दी भाषाको फिल्म हो । यो फिल्म भारतमा एकदमै लोकप्रिय हुनुको साथै व्यवसायिक रुपमा पनि सफल मानिन्छ ।

यो फिल्मको कथा एक सानो सहरको केटा रिजवान अहमदको सेयरबजार यात्रामा आधारित छ, जो जिवनमा एकदमै ठूलो मान्छे बन्न चाहन्छ र आफ्नो आदर्श व्यक्ति शकुन कोठारसँग काम गर्न चाहन्छ ।

फिल्ममा सेयर बजार, भित्री व्यापार, सत्रुतापूर्ण कब्जा,भ्रष्चार आदी पक्षहरु देखाइएको छ यो फिल्मले सेयर कारोबार गर्दा बजारको अबैध कारोबारबाट टाढा रहनुपर्ने र पैसाको बिषयमा कसैलाई आँखा चिम्लियर बिश्वास गर्नु हुदैन भन्ने शन्देश दिएको छ ।

फिल्ममा सैफ अलि खान,रोहन मेहरा,राधिका आप्टे, चित्रांगदा सिंह,रद्धैया कहेंद्रले मुख्य भूमिका र्निवाह गरेका छन् ।

३.स्क्याम१९९२(Scam 1992): यो सन् २०२० मा बनेको सेयर बजारमा आधारित हिन्दि भाषको वेब सिरिज हो । यो पहिलो सिजनको वेब सिरिजमा जम्मा १० भागहरुको रहेका छन् ।

यो वेब सिरिज हर्सद मेहताको जिवनमा आधारित छ जसलाई बम्बे स्टक एक्सचेन्जका अमिताभ बच्चन भनेर चिनिन्थ्यो । हर्सद मेहताको सेयर बजार यात्रा र उनले गरेको भारतकै चर्चित काण्ड स्क्याम १९९२ मा आधारित भएर यो वेब सिरिजको र्निमाण गरिएको हो । 

यसबाट सेयर बजार बुझ्न र जान्न चाँहानेहरुले सेयर बजारका ठुला खेलाडीहरुले बजारलाई कसरी प्रभावित गर्न सक्छन् सेयरमा कसरी चलखेल हुन्छ र भारतको मात्र नभएरै बिश्वकै बहुचर्चित काण्ड स्क्याम १९९२ का बारेमा पनि जानकारी प्राप्त गर्न सकिन्छ । यो वेब सिरिज अमेजोन प्राइममा हेर्न सकिन्छ । 

वेब सिजिमा प्रतिक गान्धि,श्रया धनवनथरी,अन्जली वरोट र कवीण दबेले मुख्य भुमिका र्निवाह गरेका छन् ।

४.द बिग बुल(The Big Bull): सन् २०२१ मा रिलिज भएको हिन्दि फिल्म द बिग बसल पनि भारतिय प्रख्यात सेयर कारोबारी हर्सद मेहताको जिवनमा आधारित छ । हर्सद मेहताकै कारण सन् १९९० को दशमा भारतिय सेयर बजारमा ठुलो हलचलनै मच्चिएको थियो । उनको घोटालाका कारण भारतिय सेयर बजार डामाडोल जस्तै भएको थियो । जसका कारण लाखौ मानिसले सेयरबजारमा अर्बौ रुपैयाँ डुबाउन पुगेका थिए । 

उनले गरेको यहि घोटालामा केन्द्रित रहेर यो फिल्म बनेको हो । यो फिल्ममा सन् १९९० देखि २००० को बिचमा भारतिय सेयर बजारमा भएका वास्तविक घटनाहरुलाई देखाइएको छ ।  यो फिल्म हेरेपछि दर्शकले त्यो बहुचर्चित १९९२ को घोटलाका बारेमा जानकारी प्राप्त गर्ने छन् । 

फिल्मको र्निदेशन कुकी गलाटीले गरेका हसने भने अभिषेक बच्चन, निकिता दत्ता,सोहम साह र इलिनिया डिक्रुजको मूख्य भुमिका रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको