Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार रावलद्धारा नेपाल पत्रकार महासंघलाई अक्सिजन सहित सिलिन्डर प्रदान

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १५ : ०७ मा प्रकाशित

पत्रकार रावलद्धारा नेपाल पत्रकार महासंघलाई अक्सिजन सहित सिलिन्डर  प्रदान

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य  ध्रुबकुमार रावलले महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई २ वटा अक्सिजन सहितको सिलिन्डर प्रदान गरेका छन् । 

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट पत्रकार संक्रमित हुने क्रम बढेपछि महासंघको केन्द्रीय कार्यालयमा आइसोलेसन सेन्टर बनाएको छ । 

हालसम्म झण्डै ८ सय जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका कारण १३ जना पत्रकारले ज्यान गुमाउनुपरेको छ । 

विशेषगरी अहिले अक्सिजनको अभाव भइरहेकाले धेरैले अकालमा ज्यान गुमाउनु परेकाले अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु दिनप्रतिदिन असुरक्षित हुन थालेको सदस्य रावलले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको