Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ५ कम्पनीलाई सेबोनको स्वीकृती

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १७ : ४३ मा प्रकाशित

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ५ कम्पनीलाई सेबोनको स्वीकृती

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ५ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ८८ पुगेकाे छ । यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा १० वटा कम्पनी र चौथो चरणमा ९ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा सिबिआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेभलपमेन्ट लिमिटेड र कुमारी इक्विटी फण्ड रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीहरू यस प्रकारका छन् :

60a10a5d043de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको