Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा ५६.०४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०९ : १५ मा प्रकाशित

नागरिक लगानी कोषको नाफा ५६.०४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा ५६.०४ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो २१५.१६ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ६१ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा २८.२४ प्रतिशतले वृद्धि भएर ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । 

कोषको खुद मुनाफा वृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी ३७ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो ११ रुपैयाँ ३१ पैसाले घटेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चालु आर्थिक वर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि १२३ प्रतिशत पुँजी वृद्धि गरेको थियो । कोषको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ । 

कोषको चुक्ता पूँजी चैत मसान्तसम्ममा १२३.०८ प्रतिशतले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कोषको जगेडा कोष ८३.०३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको