आज मंगलबारको दास्रो बजार कारोबारमा हाइड्रोपावर समूहका कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ ।
बिगत केहि दिनदेखि निरन्तर उकालो लागिरहेको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य आज पनि उकालो लागेको छ । यो समूहको उपसूचक यो समाचार तयार पार्दा सम्म ३.६० प्रतिशतले बृद्धि भएर २८७७.९५ को बिन्दुमा पुगेको छ । आज दोस्रोबजारमा यो उपसमूहका कम्पनीहरुको सेयरको माग उच्च देखिएको छ ।
आज अहिलेसम्म सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीहरुको सुचिमा अधिकांश हाइड्रोपावर कम्पनीहरु रहेका छन् । अहिले निषेधाज्ञाका कारण बजारमा धेरै लगानीकर्ताहरु भित्रिएको र हुन सक्ने बिश्लेषकहरुको तर्क छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस