Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको उकालो यात्रा कायमै, १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १४ : ४२ मा प्रकाशित

सेयर बजारको उकालो यात्रा कायमै, १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज बेष्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रोपावर, विशालबजार कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मिथिला लघुवित्त, नेशनल हाइड्रो पावर, ओरेन्टल होटल, सोल्टी होटेल, समता घरेलू लघुवित्त र शिव श्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

त्यसैगरी,  अन्य २ दर्जन कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । अन्य २ दर्जन कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

नेपाल फाइनान्स, तारागाउँ रेजेन्सी होटल, राधी विद्युत कम्पनी, रुरु जलविद्युत परियोजना, रिडी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर लगायत कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३.७१ अंकले बढेर २७९२.९२ विन्दुमा पुगेको छ । आज पनि नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ । हालसम्म ९ अरब ९७ करोड भन्दा माथिको कारोबार भएको छ ।

60a38214b6752.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको