Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको नयाँ व्यवस्थाले हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा थप उछाल आउन सक्ने

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १९ : ३९ मा प्रकाशित

मौद्रिक नीतिको नयाँ व्यवस्थाले हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा थप उछाल आउन सक्ने

बिगत केही दिनदेखि नेपालको सेयर बजारमा हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य निरन्तर बृद्धि भइरहेको छ । हरेक दिनजसो हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । 

गत महिना बैशाख १३ गते २३९८.१८ को बिन्दुमा रहेको हाइड्रोपावर उपसमुहको उपसूचक मंगलबारसम्ममा बढेर २८७४.९९ को बिन्दुमा पुगेको छ । करिब २० दिनको अवधिमा यो समूहको उपसुचक ४७६.८१ अंकले बृद्धि भएको छ ।

मंगलबार मात्र यो उपसमूहको उपसूचकमा ९६.९८ अंकले बृद्धि भएको छ । यो उपसमूहमा सुचिकृत ४० कम्पनीहरुमध्ये ३९ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ । एउटा मात्र कम्पनी माथिल्लो तामाकोशि हाइड्रोपावर कम्पनीको मात्र सेयर मूल्य  घटेको छ । यो समुहका अकिांश कम्पनीहरुको सेयर मूल्यमा सकारात्कम सर्किट पनि लागेको छ ।

यसरि सेयर मूल्यमा दिनहुँ उछाल आईरहेका हाइड्रोपावर कम्पनीको सेयर मूल्य पुनः बढ्न सक्ने देखिएको छ । देशभर जारी निषेधाज्ञामा हाइड्रोपावर कम्पनीलाई कुनै असर परेको छैन । तिनको उत्पादन नियमित छ । त्यस्तै निषेधाज्ञामा बैंकहरुमा तरलता बढेकाले ब्याजदर घटेको छ । त्यसको प्रत्यक्ष फाइदा जलविद्युत कम्पनीहरुले लिइरहेका छन् । जलविद्युत कम्पनीको खर्च मुख्यतः बैंकको साँवा र ब्याज तिर्न खर्च हुने गरेको छ । ब्याज खर्च खट्दा जलविद्युत कम्पनीको नाफा बढ्ने छ ।  

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको तेस्रो त्रैमासको मौद्रिक नीति समीक्षाले भने कारोनाका कारण प्रभावित हुने १० मेगावाटभन्दा साना हाइड्रोपावर कम्पनीहरुलाई राहत दिने भएको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधी २०७७ मा संसोधन गरी १० मेगावाभन्दा साना जलबिद्युत आयोजनाहरुलाई विषेश पुनरकर्जा दिन सकिने व्यवस्था गरेको छ । 

मौद्रिक नीतिको ४० नम्बर बुँदामा भनिएको छ, पुनरकर्जा कार्यविधी,२०७७ मा संसोधन गरी दश मेगावाटभन्दा साना जलबिद्युत आयोजनाहरुलाई पुनरकर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो ब्यवस्थाले ऋण तिर्न नसकेर समस्यामा परेका  जलविद्युत कम्पनीहरुलाई ठूलो राहत हुनेछ । जलविद्युत कम्पनीले राहत पाउँदा  त्यसको असर सेयर बजारमा समेत पर्ने आँकलन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको