Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले क्षतिग्रस्त बनेको रिडी पावरको इवाखोला प्रोजेक्टबाट विद्युत उत्पादन सुचारु

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ११ : ३२ मा प्रकाशित

बाढीले क्षतिग्रस्त बनेको रिडी पावरको इवाखोला प्रोजेक्टबाट विद्युत उत्पादन सुचारु

बाढी पहिरोले क्षतिग्रस्त भएको रिडी पावर कम्पनीद्वारा प्रबर्द्धित इवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ ।

९.९ मेगावाटको उक्त आयोजनामा गत जेठ ३२ गते पूर्वी नेपालमा आएको बाढीले व्यापक क्षति पुर्याएको थियो । करिब साढे ११ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट जेठ १५ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।

आयोजनाका क्षतिग्रस्त विद्युतगृह, बाँधस्थल, गेट र हेडरेस पाइपको मर्मत सकिएपछि जेठ १५ गते दिउँसो १२:३० बजेदेखि विद्युत उत्पादन थालिएको हो । गत वर्षको बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको