Like us!
Follow us!
Connect us!
Watch us!

युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, १५ : २२ मा प्रकाशित

युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

युनियन मेवा हाइड्रो लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोले सेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको