अर्थ संसार, 
काठमाडौँ– सरकारले करिब दुई हजार मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आफै आयोजना अगाडि बढाउँदा प्रभावकारी रुपमा अगाडि नबढ्ने भएपछि कम्पनी मोडलमा आयोजना अगाडि बढाउन लागेको जनाएको छ ।
सरकारले ऊर्जा क्षेत्रमा अगाडि सारेको प्रभावकारी कार्ययोजना र ऊर्जा मन्त्रालयको स्पष्ट निर्देशन र तयारीले गर्दा दुई हजार मेगावाट क्षमताका आयोजना अगाडि बढ्न लागेको हो ।
अहिलेसम्म दुई हजार मेगावाट माथिका बिभिन्न आठ परियोजना कम्पनी मोडलमा लैजाने निर्णय भइसकेको छ । र कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी समेत दर्ता भएको छ ।
कम्पनीका सञ्चालक समेत तोकिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक अध्यक्ष रहने गरी आठ कम्पनी दर्ता गरिएको छ ।
प्राधिकरणकाअनुसार ती कम्पनीमा माथिल्लो अरुण (३३५ मेगावाट),  दूध कोशी (३०० मेगावाट),  राहुघाट (४० मेगावाट),  उत्तर गंगा (३०० मेगावाट), तमोर  (७६२ मेगावाट), तामाकोशी पाँच (८७ मेगावाट), आँधी खोला (१८० मेगावाट), माथिल्लो मोदी एवं माथिल्लो मोदी ’ए’ (१८.२ एवं ४२ मेगावाट) क्षमताका आयोजना अगाडि बढाइएको छ ।
ती  आयोजना निर्माणका लागि कम्पनी स्थापना गरि बोर्डसमेत गठन भइसकेको घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले यस अघि चिलिमे जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा अगाडि बढाएको थियो ।
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट सुरु भएको कम्पनी मोडल आज फस्टाउँदै आएको छ ।
अहिले चिलिमे रसुवागढी, मध्य भोटेकोसी, माथिल्लो साञ्जेन र तल्लो सान्जेन आयोजना अगाडि बढेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस