Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले तत्काल १० लाख डोज ‘कोभिसिल्ड’ नपाउने,जेष्ठ नागरिकले दोस्रो डोज समयमै नपाए के हुन्छ ?

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ०७ : २३ मा प्रकाशित

नेपालले तत्काल १० लाख डोज ‘कोभिसिल्ड’ नपाउने,जेष्ठ नागरिकले दोस्रो डोज समयमै नपाए के हुन्छ ?

कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।

मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको हो।  

नेपालमा कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले १२ सातभित्र दोस्रो डोज लिनुपर्छ। सेरमले दिएको जानकारीले नेपाललाई जेठभित्रै प्राप्त भइसक्नुपर्ने १० लाख डोज खोप आउने स्थिति नदेखिएको कोभिड–१९ विरुद्धका खोप संयोजक डा.श्यामराज उप्रेतीले बताए। एक महिनाअघि नै नेपाल आइ सक्नुपर्ने खोप भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि निर्यातका लागि प्रतिबन्ध लगाएसँगै रोकिएको थियो। नेपालले यो खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ। कोभ्याक्सले मे भित्रै दिने भनेको खोप पनि कम्पनीको जानकारीले अन्योलमा परेको डा.उप्रेतीको भनाइ छ।

भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

नागरिक दैनिक र अनलाईन खबरको सहयोमा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको