Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ०९ : ५२ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समुहको सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ८० हजार कित्ता संस्थापक सेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

कम्पनीको सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60a5e1e7e263f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको