Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको १०.५३% लाभांश आज पारित हुँदै

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १० : ५० मा प्रकाशित

प्रभु इन्स्योरेन्सको १०.५३% लाभांश आज पारित हुँदै

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ औँ वार्षिक साधारण सभा आज (जेठ ६ गते, बिहीबार) काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा भर्चुअल माध्यमबाट सुरू हुँदैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्यअन्तर्गत ‘सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ थप गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, वैशाख २३ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको