Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डलाई सेयर बजारका काकाको जबाफः हिम्मत छ भने मलाई पक्राउ गर

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, २० : ५६ मा प्रकाशित

धितोपत्र बोर्डलाई सेयर बजारका काकाको जबाफः हिम्मत छ भने मलाई पक्राउ गर

नेपाली सेयरबजारका लगानकर्ताहरु माझ काकाको नामले परिचित केशब कोईरालाले धितोपत्र बोर्डलाई हिम्मत भए आँफुलाई पक्राउ गर्न चुनौति दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै बिभिन्न सामाजिक सञ्जार र मिडियाहरु मार्फत सेयरलाई प्रभावित पार्ने व्यक्ति तथा समूहलाई कारवाहि गर्ने चेतावनी दिएको थियो । 

बोर्डको चेतावनीको जवाफमा काकाले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै लगानीकर्ताहरुलाई नराम्रा कम्पनीहरुमा नफस्न र राम्रा कम्पनीहरुमा लगानी गर्न सुझाव दिँदा अपराध हुने भए आँफु त्यो अपराधको सजाय भोग्न तयार रहेको बताएका छन् । धितोपत्र बोर्डका केही हाकिम साबहरुका आशिर्वाद प्राप्त  समुहले पत्रु कम्पनीको झुठो प्रचार गरेर ६ महिना अघि देखि लाखौं लगानी कर्ता डुबाउदा बोर्ड चुइक्क नबोल्ने, बत्ती नबलेको हाइड्रोको सस्थापकहरु सस्थापक सेयर बेचेर भाग्दा बोर्ड चुइक्क नबोल्ने,१००% कम्पनीमा दैनिक इन्साईडर छ र पनि बोर्ड चुइक्क बोल्दैन निर्मल प्रधानले पत्रु कम्पनी बेचेर राम्रो कम्पनी किन भन्दा बोर्डको पारो तातेको हो ? भन्दै उनले बोर्डलाई प्रश्न गरेका छन् ।

धितोपत्र बोर्ड कोसेली खानमै रमाएको आरोप लगाउँदै उनले पहिलोपटक सत्य बोल्ने निर्मल प्रधान देखि डराएर विज्ञप्ती निकालेको अब डर चाहिँ सार्वजनिक रुपमा सत्य बोल्नेहरु सग लाग्न थालेको हो ? भनि प्रश्न गरेका छन् ।

काकाले सक्छौ भने AHPC को झुठो डाटा देखाएर सेयर मूल्य उठाउने माफियाको गिरोह लाई पक्राउ गर १ हप्ताको अबधिमा AHPC कसले बेच्यो ? कसले किन्यो ? दुधको दूध,पानीको पानी निस्कन्छ कि धितोपत्र बोर्डले छानबिन गरोस् AHPC काण्ड,अन्यथा यसको बिरुद्ध म आवाज उठाउछु, आँफुलाई पक्रेर कहाँ लैजाने हो लैजान बोर्डलाई चुनौति दिएकाछन् ।

60a67f2d6c612.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको