Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको सेयर संरचना परिवर्तन हुँदै

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, १२ : ४८ मा प्रकाशित

शिखर इन्स्योरेन्सको सेयर संरचना परिवर्तन हुँदै

शिखर इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर संरचना ६० प्रतिशत रहेकोमा ५१  प्रतिशत हुने गरी सेयरधनीलाई सेयर संरचना परिवर्तन गर्न लागेको हो । 

कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृत भइसकेको छ । 

यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

कम्पनीद्वारा प्रकाशित सूचनामा संस्थापक समूहमा रहेका सेयर आफ्नो हक हिस्सामा पर्ने सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने भन्ने कुनै एउटा ढाँचामा निवेदन पेस गर्न संस्थापक सेयरधनीलाई आग्रह गरिएको थियो। 

आफ्नो हकहिस्सामा पर्ने संस्थापक सेयर सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी स्वघोषणा गर्ने सेयरधनीको हकहिस्सा बाँकी रहेका संस्थापकहरुले त्यस्तो सेयरको अनुपात उपयोग गर्न सक्नेछन् । 

उक्त समयभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिएका संस्थापक सेयरधनीहरुको हकको संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही अनुसार सर्वसाधारण समूहमा परिवर्तन गर्नेतर्फ कारबाही प्रक्रिया अडाढि बढाइने पनि कम्पनीले बताएको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको