Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ११ : ०६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश  पाण्डे पुन: नियुक्त

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् ।  कत्तिक १ गते बसेको संचालक समितिको ३४०औं बैठकले पाण्डेलाई थप चार वर्षको लागी सीइओमा नियुक्ति गरेको हो। 

पाण्डेको समयावधी सकिन एक महिना बाँकी रहँदै उनलाई सिईओमा पुनः नियुक्ती गरिएको हो। पछिल्लो पटक २०७३ साल कार्तिक १० गते चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका थिए। 

२०७५ सालमा मात्रै संस्थागत सुशासन जारी सम्बन्धि निर्देशिका जारी भएकाले दोस्रो कार्यकालको लागि योग्य भएको बीमा प्राधिकरणले जनाएको छ। बीमा समितिले २०७५ सालमा जारी गरेको संस्थागत सुशासनमा सिईओका कार्यकाल एक मात्रै हुने र सञ्चालक समितिलाई कार्य सम्पादन मूल्याङ्कन राम्रो लागेमा एक कार्यकाल थप गर्न सक्ने व्यवस्था गरेको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको