Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डमा लगानीकर्ता आकर्षिक,पर्यो मागभन्दा दुई गुणा बढि आवेदन

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ०६ : ३२ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डमा लगानीकर्ता आकर्षिक,पर्यो मागभन्दा दुई गुणा बढि आवेदन

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबार देखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषमा लगानीकताहरुको आकर्षण राम्रो देखिएको छ । 

आवेदन दिने अन्तिम दिन आइतबारसम्ममा मागभन्दा १.९७ गुणा धेरै इकाईका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । अन्तिम दिनसम्ममा ८५ हजार ५ सय ५४ जना सर्वसाधारण आवेदकबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको १८ करोड २८ लाख ५८ हजार २८० सय ईकाइका लागि आवेदन परेकोे हो  ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गरेकाछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई वितरण गरिनेछ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो तर कम्पनीको म्युचुअल फण्डमा छिटो अबधिमै माग भन्दा बढि आवेदन परेकाले हिजो(आइतबार) बाट नै कम्पनीको बिक्रि बन्द भइसकेको छ । 

क्यापिटलको प्रक्षेपण अनुसार यो म्युचुअल फण्डमा लगानीर्ने लगानीकर्ताहरुले पहिलो बर्ष ४.०८ प्रतिशत, दोस्रो बर्ष २२.३४ प्रतिशत र तेस्रो बर्ष ४२.१६ प्रतिशत लाभांश प्राप्त गर्नेछन् भने योजनाको अवधि सकिएपछि १३०.४७ प्रतिशत लाभांश प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको