Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको ८.४२% लाभांश पारित

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १७ : १७ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको ८.४२% लाभांश पारित

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज (जेठ १० गते, साेमबार) कम्पनीकाे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट सम्पन्न भएकाे छ ।

सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारीत गरेको छ । 

त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको