Like us!
Follow us!
Connect us!
Watch us!

बेलायत र अमेरिकाबाट एक करोड डोज भ्याक्सिन ल्याइने

पत्रपत्रिका

मंगलबार, ११ जेठ २०७८, ०७ : १४ मा प्रकाशित

बेलायत र अमेरिकाबाट एक करोड डोज भ्याक्सिन ल्याइने

कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख र्यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको