Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड निकम्मा र सिमित समूहको चंगुलमा छः लगानीकर्ता दुर्गा प्रसाद काफ्ले

लगानीकर्ताको आवाज

मंगलबार, ११ जेठ २०७८, १७ : ४० मा प्रकाशित

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय लगानीकर्ता दुर्गाप्रसाद काफ्ले ले नेपालको सेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड निकम्मा भएको र सिमित समूहहरुको चंगुलमा रहेको आरोप लगाएका हुन् । 

सेयर बजार मन्दिर नभई व्यवसाय भएकाले यहाँ मानिसले आफुसंग भएको बस्तुको केहि बढाई चढाई गर्नु स्वभाविक भएको भन्दै उनले आफुले अहिले सम्म कसैलाई पनि यो कम्पनी बेच वा किन भनि दवाद नदिएको भन्दै लगानीकर्ताहरु स्वयम सजग भई बुझेर अध्ययन गरेरमात्र लगानी गर्नुपर्ने बताउछन् काफ्ले । 

बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरुलाई सुसुचित गराउने पहिलो कर्तव्य धितोपत्र बोर्डको भएको भन्दै उनले अहिले सम्म बोर्डले लगानीकर्ताको क्षमता अभिबृद्धिको लागि केहि पनि गर्न नसकेको बताए । 

सेयर बजारको अवस्था र ट्रेन्ड राम्रोसंग नबुझ्ने लगानीकर्ताहरु दास्रोबजारमा प्रवेश गर्न हतारिन नहुने भन्दै उनले राम्रोसंग अध्ययन गरेर सेयरमा लगानीगर्नेहरुले सधै सेयरबाट मुनाफा कमाउन सकिने बताउछन् उनि । 

नबिल बैंकसंग विभिन्न बैंकहरुको मर्जरको हल्लामा स्वयम धितोपत्र बोर्डकै संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गर्दै काफ्लेले यदि संलग्नता नभएको भए यति धेरै वित्तिय संस्थाहरुको नाम मर्जरमा जोडेर सेयर मूल्य उचाल्दा किन धितोपत्र बोर्डले बिज्ञप्ती निकालेन ? उनले प्रश्न गरे ।

सेयरमा खेल्न सकिने खेलाडीले जस्ता कम्पनीहरुपनि खरिद गर्दा केहि पनि फरक नपर्ने तर बजारमा नयाँ नयाँ लगानी सुरुगरेका लगानीकर्ताहरुले भने सेयर मूल्य उचालियकै आधारमा कमजोर कम्पनीहरुमा लगानी गर्ने काम उचित नहुने भन्दै उनले सकेसम्म बलिया र राम्रो लाभांश वितरण इतिहास भएका कम्पनीहरुमा लगानीगर्नुपर्ने बताए । 

सेयर बजारमा चलखेल गर्नेहरुले अहिले बिशाल बजार कम्पनीको सेयरमा झ्याङ्कुसी खेलिरहेको भन्दै उनले अहिले बजारमा दुई किसिमका खरिदकर्ता (कारोबारी र लगानीकर्ता) भएको भन्दै  जुन कम्पनीको सेयरमा कारोबारीहरु सक्रिय छन् त्यस्ता कम्पनीहरुको सेयरमूल्यमा धेरै नै उतारचढाव आईरहेको बताउछन् उनि । 

आफुँ सेयरबजारमा १५ बर्षदेखि सक्रिय लगानीगर्दै आइरहेको भएतापनि कतिपय अवस्थामा आफुपनि फसेको भन्दै उनले अब धितोपत्र बोर्डले शेयर शिक्षामा जोड दिनुपर्ने बताए । नेप्से परिसुचक, कारोबार रकम र लगानीकर्ताहरुको संख्या बृद्धि हुदैमा नेपालको सेयरबजारको विकास भयो भन्दै बोर्ड मख्ख पर्ने अवस्था नरहेको भन्दै उनले बजारको विकासका लागि अझै धेरै काम गर्न बाँकि नै रहेको बताउछन् उनि । 

अहिलेको नेप्से परिसुचकको उचाई केहि कम्पनीहरुले मात्र उचालिरहेको भन्दै उनले अहिले पनि बजारमा ९० प्रतिशत कम्पनीहरुको सेयर मूल्य अन्डभ्यालुड रहेको भन्दै उनले बजारमा वास्तविक बुल आउनै बाँकिरहेको बताउछन् उनि । 

अहिले १० कित्ते निति हटाउने भन्ने कुरा बेमौसमी बाजा बजेको बताउछन् उनि । १० कित्ते नितिले आम लगानीकर्ताहरुको हित गरिरहेको भन्दै उनले बरु अहिले कामय रहेको फेसभ्यालुको मूल्य १०० रुपैयाँबाट घटाएर १० रुपैयाँ बनाउन सकेमा सेयर आम मानिससम्म पुग्नसक्ने बताउछन् काफ्ले । 

अहिले बजारमा सुनियकै विधि र प्रक्रियामा बुक बिल्डिङ जारी हुने हो भने यसले आम लगानीकर्ताहरुलाई भने राम्रो नगर्ने उनको बुझाई छ । बजारमा कम्पनीको सेयर मूल्य संस्थागत लगानीकर्ताहरुले र्निधारण गर्नेहुँदा यसले साना लगानीकर्ताहरुलाई राम्रो नहुने र संस्थागत लगानीकर्ताहरुको बजारमा हालिमुहाली हुनसक्ने बताउछन् उनि ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको