Like us!
Follow us!
Connect us!
Watch us!

चीनले नेपाललाई थप १० लाख खोप अनुदान दिने

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १८ : ३० मा प्रकाशित

चीनले नेपाललाई थप १० लाख खोप अनुदान दिने

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने घोषणा गरेका हुन् ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । यसअघि चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको