Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्णय राम्रो हो, अब बजार झनै बढ्छ: लगानीकर्ता दुर्गा प्रसाद काफ्ले

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १९ : ०४ मा प्रकाशित

राष्ट्र बैंकको निर्णय राम्रो हो, अब बजार झनै बढ्छ: लगानीकर्ता दुर्गा प्रसाद काफ्ले

नेपाल राष्ट्र बैंकले हिजाे मंगलबार जारी गरेकाे निर्देशनप्रति विभिन्न लगानीकर्ताहरूले आ-आफ्नाे राय राख्ने क्रम जारी नै छ । यसै क्रममा आफ्नाे विचार व्यक्त गर्दै लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले नियमनकारी निकायले नियमन गर्ने क्रममा जारी गरेकाे याे निर्देशनले बजारलाई अझ माथी जान टेवा दिने बताएका छन् ।

उनी भन्छन्, "बजेटको मुखमा यस्तो ल्याउनु नै नियोजित जस्तो लाग्छ तर यसले बजारलाई अझ माथी जान टेवा दिन्छ किनभने अब वित्तीय संस्थाले गर्ने लगानी भनेको नै दिगो लगानी हो । जाँहा बलियो ठूलो पुँजी भएको कम्पनीमा लगानी गर्दा त्यसकाे सोजो असर बजारमा पर्छ फलतह बजार बड्छ।"

नियमनकारी निकायले नियमन गर्ने क्रममा नीतिगत व्यवस्था गर्नु राम्रो रहेकाे उनकाे तर्क छ । बजारको आफ्नै लय हुने गर्छ । उनका अनुसार नियमन गर्ने निकायले नियमनकारी भुमिका अन्तर्गत आम लगानीकर्ताको हितमा भएका नितिगत व्यवस्थाले आम लगानीकर्तालाई हित गर्छ नै । आम लगानीकर्ता आत्तिनुपर्ने अवस्था नदेखिएकाे र ढुक्क भएर राम्रा कम्पनीमा लगानी गर्दा राम्रै हुने उनी बताउँछन् ।

 

राष्ट्र बैंकको निर्देशन बेमौसमी बाजा,आम लगानीकर्तालाई त्रसित बनाउने नियत : नेपाल पूँजी बजार लगानीकर्ता संघ

राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे हाे ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । 

यस भन्दा अगाडी सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्न पाउने व्यवस्था थियाे । पहिलाको व्यवस्थालाई संसोधन गरि यसरी खरिद गरिएको शेयर एक वर्षभित्रै बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो ।

बैंककाे निर्देशनमा भनिएकाे छ "सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।"

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउनेछन् । तर, यसअघिसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। 

यसका साथै, विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

60ace99faf4cc.jpg

60ace9a4f1a12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको