Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशन बेमौसमी बाजा,आम लगानीकर्तालाई त्रसित बनाउने नियत : नेपाल पूँजी बजार लगानीकर्ता संघ

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, ०९ : ३१ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशन बेमौसमी बाजा,आम लगानीकर्तालाई त्रसित बनाउने नियत : नेपाल पूँजी बजार लगानीकर्ता संघ

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाल पूँजी बजार लगानीकर्ता संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

लघुबित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघले गम्भिर आपत्ती रहेको जनाएको छ।तेस्तै संघको अनुसार बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुबित्तको सेयर २०७८/ पौष मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशनमा पनि संघले आपति जनाएको छ ।

संघले राष्ट्र बैंकलाई निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा बित्तिय संस्थाले किनेको लघुबित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अभिलम्ब जारी गर्नु पर्ने भनेको छ  ।

संघकी अध्यक्ष राधा पोखरेलेबाट जारी विज्ञप्तीमा भनिएको छ ,' अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा हाम्रो संघ घोर आपत्ति रहेको छ ।'

संघले पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउन प्रयास राष्ट्र बैंकको निर्देशन आएको हो भन्ने संघको धारणा रहेको बताएको छ ।

राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारी गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे थियो ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । 

बैंककाे निर्देशनमा भनिएकाे छ "सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।"

तेस्तै, बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउनेछन् । तर, यसअघिसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। 

यसका साथै, विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको