Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा कारोबार रकममा रेकर्ड

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १५ : ०१ मा प्रकाशित

सेयर बजारमा कारोबार रकममा रेकर्ड

 साताको अन्तिम दिन  (आज) बिहीबार सेयर बजारमा कारोबार रकमले नयाँ रकेर्ड कायम गरेको छ । सेयर बजारको इतिहासमै सवै भन्दा धेरै  रकमको कारोबार भएको छ ।

नेप्सेको अनुसार १४ अर्ब ७१ करोड ८८ लाख ८ हजार ४९२ रपैयाँको कारोबार भएको छ । नेप्से १.२० अंकले घटेको छ । राष्ट्र बैंकको नीतिले माईक्रो फाइनान्सको समूहलाई प्रत्यक्ष असर गरेको देखिएको छ । आज  घट्ने समूहमा  अधिकांश माइक्रोफाइनान्सका कम्पनीहरु रहेका छन् ।

यता, आज लगानीकर्ताहरु हाइड्रोपावर समूहमा तिर आकर्षित भएको देखिन्छ । सेयर मूल्य बढ्नेमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् । 

हाइड्रोपावर कम्पनीलाई बैंक ऋण तिर्न नियामक निकाय विद्युत् नियमन आयोगले  हकप्रद सेयर जारी गर्ने पाउने व्यवस्था अगाडी बढाएसँगै लगानीकर्ता लगातार बोनस दिदै आएका हाइड्रोपावर कम्पनीको सेयर किन्न होडबाजी चलेको देखिन्छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२० अंकले घटेर २८१५.४० मा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३१ अंकले बढेर ५०८.४९ मा पुगेको छ ।

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बिहीबार खानीखाेला हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावर, नेपाल हाइड्राे डेभलपर्सका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा समता घरेलु लघुवित्त, मेराे माइक्राेफाइनान्स लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । बिहीबार काराेबार रकमकाे आधारमा अपि पावर कम्पनी लिमिटेड अग्र स्थानमा छ ।

राष्ट्र बैंकको निर्देशनले निम्ताएको लगानीकर्ता माथिको धर्मसंकट : अवसर कि दुर्भाग्य?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको