Like us!
Follow us!
Connect us!
Watch us!

अब विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

पत्रपत्रिका

बुधबार, १२ जेठ २०७८, ०७ : ०९ मा प्रकाशित

अब विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ ।

आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगका सदस्य रामप्रसाद धितालले बताए ।

‘हामीले यही व्यवस्था गर्न नै निर्देशिका संशोधन गर्न लागेका हौं । संशोधनको आवश्यक प्रक्रिया सकिएर लागू भएपछि विद्युत् कम्पनीहरूले बैंकको ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउनेछन्,’ उनले भने, ‘यस सम्बन्धमा हामीले नेपाल धितोपत्र बोर्डसँग छलफल गरिसकेका छौं । यस सम्बन्धमा निकट भविष्यमा कुनै कानूनी समस्या पनि आउने छैनन् ।’

सबै कम्पनीहरूले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न भने पाउने छैनन् । आयोगले तोकेको मापदण्ड पूरा भएका कम्पनीले मात्र यो सुविधा पाउनेछन् ।

यस्तो हकप्रद शेयर निष्कासन गर्न चाहने कम्पनीले विगत ३ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको हुनुपर्ने छ । साथै, बैंक ऋणको किस्ता पनि नियमित तिरेको हुनुपर्नेछ । तोकिएका मापदण्डहरू पुग्ने कम्पनीले मात्रा बैंकको ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव गरिएको धितालले बताए ।

मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । यसरी उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाइने आयोगका सदस्य धितालको भनाइ छ ।

‘बैंकको ऋण तिर्ने भनेर हकप्रद शेयर जारी गरेपछि अन्य प्रयोजनमा त्यो रकम खर्च गर्न भने पाइँदैन ।

आर्थिक अभियान दैनिकमा समाचार छ |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको