Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता हाइड्रोपावरको सेयर किन्न तछाडमछाड !

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १६ : ५१ मा प्रकाशित

लगानीकर्ता हाइड्रोपावरको सेयर किन्न तछाडमछाड !

 कुनै बेला जलविद्युत कम्पनीले जारी गरेको सर्व साधारण सेयर (आईपीओ) बिक्ने थिएन । दोस्रो बजारमा  अधिकांश जलविद्युत कम्पनीको सेयर प्रतिकित्ता एक सय रुपैयाँ भन्दा कम मूल्यमा किन्न पाइन्थ्यो ।

जलविद्यूतको कम्पनीको सेयर मूल्य  प्रतिकित्ता ४५ रुपैयाँ देखि १०० रुपैयाँमा प्रत्येक वर्ष लाभांश दिदै आएका कम्पनीको सेयर दोस्रो बजारमा फालाफाल थियो । तर, आज जलविद्युत कम्पनीको दिन फेरिएको छ ।

लगानीकर्ताहरु हिजोआज जलविद्युत क्षेत्रतिर सिफ्ट हुन थालेका छन् । हाइड्रोपावर कम्पनीको सेयर मूल्य दिनप्रतिदिन सकरात्मक सर्किट लाग्दै आएको छ ।  बिहीबारको मात्रै कारोबार हेर्दा अधिकांश जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ता झुमिएका छन् ।

लगानीकर्ताले भनेजित सेयर किन्न पाएका छैनन् । बेच्नेको भन्दा किन्नेको भिड धेरै गुणा बढीको छ । हाइड्रोपावरमा लगानीकर्ता आकर्षण हुनुको एउटै मात्र कारण हो 'हकप्रद सेयर' । नियामक निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई बैंक ऋण तिर्न हकप्रद जारी गर्न पाउने व्यवस्था अगाढि बढाएको छ ।

आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको र आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगका सदस्य रामप्रसाद धितालले बताए ।

बिहीबार आकर्षणको हाइड्रोपावरहरु 

बिहीबार लगानीकर्ताको आकर्षणमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाईटेड मोदी हाइड्रपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, अरुण भ्याली पावर लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड आदि रहेका छन् ।

लगानीकर्ताको रोजाइका हाइड्रोपावर कम्पनीहरु 

बिहीबार हालसम्मकै उच्च अर्थात् १४ अर्ब ७६ कराेड ८७ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । साेमबार १३ अर्ब १७ कराेड ५३ लाख ५३ हजार रूपैयाँ बराबरकाे कारोबार भएर कारोबार रकमले रेकर्ड ब्रेक गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको