Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत

नेप्से

शुक्रबार, १४ जेठ २०७८, १० : ५२ मा प्रकाशित

शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।  याे सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेकाे छ ।

60b07ca1c9a23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको