प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टकाे स्वामित्वमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे लिलामी सेयर भर्ने आज (माघ १३ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले माघ ६ गते, शुक्रबारबाट बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे थियाे ।
उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
त्यसैगरी, लगानीकर्ताले यस सेयरमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस