Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६औँ साधारण सभा पुस १९ गते, बोनस र नगद लाभांश प्रस्ताव

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, ०७ : १५ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६औँ साधारण सभा पुस १९ गते, बोनस र नगद लाभांश प्रस्ताव

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न १६औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा पुस १९ गते, शुक्रबार, रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि. मा बिहान ११ बजे हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ थप ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभा मार्फत निम्न विषयहरूमा निर्णय गरिनेछः

  1. मर्जर तथा एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान।
  2. प्रबन्धपत्र तथा नियमावली संशोधन।
  3. संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ ३ जना सञ्चालकको निर्वाचन।
  4. आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण।

बुकक्लोज पुस ३ गते
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार, पुस २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको