Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको १४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १० : ३८ मा प्रकाशित

शाइन रेसुङ्गाको १४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयरहरू आज (माघ ६ गते, शुक्रबार) बाट बिक्री खुल्ला गरेकाे छ । कम्पनीले बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । 

उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले माघ १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, लगानीकर्ताले यस सेयरमा  न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको