Like us!
Follow us!
Connect us!
Watch us!

कसरी भयो माउन्टेन इनर्जी नेपालको सेयर बजारमा मूल्य सबैभन्दा उच्च ?

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, ११ : १७ मा प्रकाशित

कसरी भयो माउन्टेन इनर्जी नेपालको सेयर बजारमा मूल्य सबैभन्दा उच्च ?

केहि दिन पहिले एउटा अनलाईन पोर्टलको समाचारले जलविद्युत उर्जा उद्यमीहरुको ध्यान आकर्षित गरेको छ । यदि यो प्रकाशित समाचार साँचो र प्राप्त विवरणहरु सत्य हुन भने उर्जा उत्पादकहरुले माउण्टेन इनर्जि नेपाल कम्पनीका प्रवद्र्धक र व्यबस्थापकहरुबाट जलविद्युत आयोजना निर्माणका लागी वित्तिय व्यबस्थापन गर्ने बारेमा कोचिंग क्लास लिन आवष्यक हुनेछ । जलविद्युत आयोजना होस त यस्तो।

तत्कालीन रोवस्ट ईनर्जि प्रा. लि. (जो अहिले माउण्टेन इनर्जि नेपाल नामक लिमिटेड कम्पनीसंग मर्ज भएकोछ) ले बिक्रम सम्बत २०६७÷१०÷२० मा नेपाल विद्युत प्राधिकरणसंग एक विद्युत खरीद बिक्री संमmौता सम्पन्न गरेर म्याग्दी जिल्लाको मिस्त्रीखोलामा ४२ मेगावाट क्षमताको जलविद्युत आयोजनाकोनिर्माण सुरु गरेकोयो आयोजनाले विद्युत उत्पादन सुरु गर्ने मिति २०७६/५/१४ तोकिएको थियो । यस आयोजनाको निर्माणको लागी विद्युत उत्पादन अनुमतिपत्र मिति २०६८/६/२० मा प्राप्त भएको हो । यो आयोजनाले बिक्रम सम्बत २०७८/१/२९ मा निर्माण कार्य पुरा गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएरु काम सुरु गरेको हो ।

यो आयोजनाको निर्माणको काम २०७३ साल जेष्ठमा सुरु भई २०७८ साल बैसाख २८ मा सम्पन्न भई २०७८ जेष्ठ १५ देखि व्यापारिक उत्पादन सुरु हुनेछ ।

यसरि हेर्दा ४२ मेगावाट क्षमताको यस आयोजनाको विद्युत खरीद बिक्री संमmौता भएदेखि उत्पादन सुरु हुञ्जेलसम्म ११ वर्षको समय व्यतित भएको छ । कम्पनी स्थापना भई अन्य अध्ययनकार्यहरुको लागी लागेको समयलाई बिचारगर्दा करिव १५ वर्षको समय व्यतित भएको देखिन्छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने कुस्मा–दाना २२० केभि ट्रान्समिशनलाईन निर्माण सम्पन्न गर्न ढिलाई गरेकोकारणले यो आयोजना आक्रान्त भई सास्याग्रस्त भएको कुरा सबैलाई अवगतनै छ ।

यो आयोजनाको निर्माण लागत रु.५६० करोड (रु.१३.४६ करोड) प्रतिमेगावाट लागेको समाचार प्रकाशित भएको छ । हाल नीजिक्षेत्रमा निर्माण भईरहेका जलविद्युत आयोजनाहरुको औषत लागत रु. १८–२० करोडको बीचमा लाग्ने गरेको छ । यो सत्य हो ।

तर यो आयोजनाको लागत कसरि र किन कम भयो होला भन्ने सोध खोजको विषय बनेको छ । जलविद्युत आयोजना निर्माणका लागी जति बढी समय लाग्दछ त्यसको व्यबस्थापन खर्च, बैंकबाट लिएको कर्जाको व्याजदर तथा शेयरधनीहरुले लगानी गर्नु भएको रकमको अवसर लागत बढेर जान्छ । यस आयोजनाको लागी पनि यो कुरा लागू हुन्छ ।

यो आयोजनाको लागी  नविल बैंकको अगुवाईमा ४२० करोड ऋण लिएको देखिन्छ जो कुल लागतको ७५ प्रतिशत हो । निर्माण अवधिको लागी बैंकबाट लिएको कर्जाको व्याजभार उच्च रहन्छ । यो कर्जाको व्याजभार मात्र पनि यति लामो अवधिमा दोव्बर भन्दा बढी भई सक्तछ । शेयरधनीहरुले गर्नु भएको लागी १० वर्ष भन्दा पनि बढी भईसकेको छ । यो रकमको दस वर्षको व्याजलाई पूँजीकरण गर्ने हो भने अर्थात परियोजनाको लागतमा जोडने होभने परियोजनाको लागत बढने कुरा स्वाभिाविक छ ।

यो परियोजनाको निर्माण लागतको गणनामा कंहि गल्ती छ वा तथ्यलाई लुकाईएको छ । लेखा प्रणालीलाई ठीक तरिकाले अपनाएको छैन । १२ वर्षको समय व्यतित गरेर बनेको आयोजनाको निर्माण लागत यती कम हुन सक्तैन ।

यो ४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजनाको निर्माण पुरा गर्न लामो समय लाग्ने देखिएपछि यस कम्पनीका प्रवद्र्धकहरुले माउण्टेन ईनर्जि नामक कम्पनी खरीद गरी सो कम्पनी मार्फत नुवाकोट जिल्लामा बहने तादी नदीमा ५.० मेगावाट क्षमताको अर्को एक जलविद्युत आयोजना निर्माण पुरा गरी संचालनमा ल्याएको छ । ततपश्चात उक्त कम्पनीमा यो रोवस्ट ईनर्जि कम्पनीलाई गाभेर सो कम्पनीको नामबाट सर्वसाधारणका लागी शेयर निष्काशन गरेर सो बाट संकलित रकम यस आयोजनामा लगानी गरी लागत कम देखाएको हुन सक्तछ ।

ठुला व्यबसायीक घरानाको लगानी भएको यस आयोजनामा शेयर लगानीको रकम एकमुष्ठ सुरुमा नै संकलन गरी बैंकमा निक्षेप खाता खोली वा कर्जा प्रवाह गरेर सो बाट प्राप्त व्याजबाट परियोजनाको निर्माण गरिएको पनि हुन सक्तछ । निर्माण  अवधिको व्याज पूँजीकरणलाई लागतमा नदेखाएको पनि हुनसक्तछ । आदि ईत्यादि । जे भएपनि अलपत्र परेको आयोजनाको निर्माणकोलागत कम भन्ने कुरा पत्याउन गाह्रो भएको छ । उक्त कम्पनीको पदाधिकारीहरुले यससम्बन्धमा सत्य तथ्य बाहिर प्रकाशित गरी अरुलाई पनि मार्गप्रसस्त गर्ने आवष्यक छ अन्यथा यो समाचारले भ्रम श्रृजना गर्नेछ ।

यस सूचिकृत कम्पनीको शेयरमा धेरै मानिसले ठुला लाभको आशा गरेर लगानी गरेका छन र शेयरको भाऊ उच्च हुनेछ भन्ने विश्वास लिएका छन । पत्रपत्रिकामा यो समाचार प्रकाशित भएपछि शेयर वजारमा सूचिकृत भएको यस कम्पनीको शेयरको मूल्यमा एकाएक वृद्धिभई मिति २०७८ जेष्ठ ११ गतेमंगलबारका दिन रु. ८३७।– पुगेको छ जोजलविद्युत समूहका कम्पनीहरुमध्येको सबैभन्दा बढी मूल्य हो । यस माउण्टेन इनर्जि नेपाल नामक कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुन बर्षमा कति लाभांश दिने होला त्यो त हेर्न बाँकी नै छ । यस कम्पनीको शेयरमा लगानी गर्नेहरुले रु.१३.४३ करोड प्रतिमेगावाट लागत परेकोआयोजनाबाट कम्तीमा पनि बार्षिक ३० प्रतिशतका दरले लाभांश प्राप्त गर्नु पर्दछ ।

यो परियोजनाको निर्माण लागतको गणनामा कंहि गल्ती छ वा तथ्यलाई लुकाईएको छ । लेखा प्रणालीलाई ठीक तरिकाले अपनाएको छैन । १२ वर्षको समय व्यतित गरेर बनेको आयोजनाको निर्माण लागत यती कम हुन सक्तैन । यसको थप विष्लेषण र जानकारी प्रकाशित हुन आवष्यक छ । यदी यो तथ्य साँचो हो भने जलविद्युतको विकासमा स्वर्ण युग आयो भन्न सकिन्छ । यसपछि मिस्त्रीखोला आयोजनाका प्रवद्र्धकबाट अन्य जलविद्युत निर्माताले सिक्न र तदनुसार आफनो कम्पनीको पनि लेखा कायम गर्न आवष्यक छ ।  

पनि पढ्नुहोस्

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

धितोपत्र बोर्डका पुर्व अध्यक्ष भन्छन पहिले पनि ब्रोकर थप्ने बेला जात्रा भएको थियो, अहिले पनि उस्तै

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको