Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारदेखि माउन्टेन इनर्जीको आइपिओ बजारमा, लगानी गर्ने कि नगर्ने ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १० : २४ मा प्रकाशित

बुधबारदेखि माउन्टेन इनर्जीको आइपिओ बजारमा, लगानी गर्ने कि नगर्ने ?

माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) भोली अर्थात बुधबारदेखि बजारमा निश्कासन हुँदैछ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ ।
लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।
उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

साधारण शेयर (आइपीओ) को बारे अन्य विवरण तल दिइएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको