Like us!
Follow us!
Connect us!
Watch us!

बृद्ध भत्ता मासिक ४ हजार

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १६ : ४३ मा प्रकाशित

बृद्ध भत्ता मासिक ४ हजार

सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ । 

आज शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गरेकन हुन् । प्रधानमन्त्री कार्यलयबाट अध्यादेश मार्फत सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/८९ को बजेट भाषणमा ३३ प्रतिशत वृद्धभत्ता बढेको घोषणा गरेका हुन् । 

अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ पाउने छन् । यसअघि तिन हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् । 

हरेक सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशतले बृद्धि गरिएको हो ।  

लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वृद्धिको माग हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् । 

नेकपा एमालेले निर्वाचनका क्रममा पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता प्रतिमहिना पाँच हजार पुर्‍याउने घोषणा गरेको थियो । सरकारले र्निवाचन घोषणा गरीसकेको अवस्थामा मतदातालाई आकर्षित गर्न यस्तो बिषम परिस्थितीमा पनि सामाजिक सुरक्षाभत्ता बृद्धि गरेको भन्दै सरकारको बिरोध भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको