Like us!
Follow us!
Connect us!
Watch us!

बजेट : लगानीकर्ताको लागि हर्ष न बिष्मात !

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १९ : ५९ मा प्रकाशित

बजेट : लगानीकर्ताको लागि हर्ष न बिष्मात !

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

बजेटमा पुँजी बजारको विकासको लागि कुनै योजना नभएको लगानीकर्ताहरुले बताएका छन् । लगानीकर्ताका अपेक्षाकृत बिषयलाई बजेटमा समावेश नगरिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । 

हामीले सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारको विकासमा के कस्ता योजनाहरु आएका छन भनेर नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई सोधेका छौं । अध्यक्ष पोखरेलेको बजेटमाथि टिप्पणी यस्तो छ : 

पुँजी बजारलाई थप सुधार गरिने छ । बस्तु बिनिमय बजारलाई थप प्रभाबकारी बनाईने छ । यि सबै पुरानै पाना दोहोरीएर नयाँ बजेट नामकरण मात्र भएका छन् । सुधारको कुरा हरेक बर्ष दोरिदैँ आउँने र बजेटमा मात्र सिमित रहँदा लगानीकर्ता यसको मारमा पर्दै आएका छन् । 

लगानीकर्ताका अपेक्षाकृत बिषयलाई लिएर केहि समाबेस छैनन् । प्रत्क्षय रुपमा बजारलाई छुने केहि कुरा नभएकाले यस्पालीको बजेट पुँजीबजारका लगानीकर्ताहरुका लागि  हर्ष न बिष्मात भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको