Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, ०९ : ३३ मा प्रकाशित

शिखर इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले गत चैत ९ गते सम्पन्न १५औं र १६औं साधारण सभाबाट पारित २७.७७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

कम्पनीले फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको  हो ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।  कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

60b30bf9cc19d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको