Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर ४३६९ जनामा कोरोना संक्रमण पुष्टि,  १०९ जनाको मृत्यु

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १६ : ४८ मा प्रकाशित

आइतबार देशभर ४३६९ जनामा कोरोना संक्रमण पुष्टि,  १०९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ हजार  ३ सय ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बितेको २४ घण्टामा १ सय ९ जना संक्रमितको मृत्यू भएको छ । 

शनिबार देशभर ४ हजार ४ सय ८७  जना संक्रमित थपिएका थिए, भने ६ हजार ८० जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय १६ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको