Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार देशभर ४७६२ जना संक्रमित थपिए, ६४९१ जनाले जिते कोरोना

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १७ : ४६ मा प्रकाशित

सोमबार देशभर ४७६२ जना संक्रमित थपिए, ६४९१ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षणमा ५ सय ५४ जना गरी ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बितेको २४ घण्टामा १ सय १४ जना संक्रमितको मृत्यू भएको छ । 

आइतबार देशभर ४ हजार  ३ सय ६९ जना संक्रमित थपिएका थिए, भने ६ हजार २ सय ५ जना निको भएका थिए । यस्तै, आइतबार कोरोना संक्रमणका कारण १ सय ९ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको