Like us!
Follow us!
Connect us!
Watch us!

२४ घण्टामा ६०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १७ : २१ मा प्रकाशित

२४ घण्टामा ६०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ८ सय जना गरी  ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बितेको २४ घण्टामा ६८ जना संक्रमितको मृत्यू भएको छ । 

सोमबार देशभर ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका थिए, भने ६ हजार ४ सय ९१  जना निको भएका थिए । यस्तै, सोमबार कोरोना संक्रमणका कारण १ सय १४ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको