Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद बिहीबारबाट बजारमा आउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, ११ : १० मा प्रकाशित

अपि पावरको हकप्रद बिहीबारबाट बजारमा आउँदै, कहाँबाट दिने आवेदन ?

अपि पावर कम्पनी लिमिटेडले भाेलि जेठ २० गते, बिहीबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्दैछ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

क-कसले दिन पाउछन् आवेदन ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

जेठ २० गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनको तयारीमा रहेको अपि पावरको नाफासँगै अधिकांश सूचकमा चमक

रेटिङ कति ?

कम्पनीकाे हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको