Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशनको तयारीमा रहेको अपि पावरको नाफासँगै अधिकांश सूचकमा चमक

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ०७ : ५९ मा प्रकाशित

हकप्रद निष्काशनको तयारीमा रहेको अपि पावरको नाफासँगै अधिकांश सूचकमा चमक

अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म कम्पनीले आकर्षण प्रगति गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १०८ प्रतिशतले बढेर १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट २८ करोड १ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड २३ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै कम्पनीले अन्य स्रोतबाट ६ करोड २९ लाख ८९ हजार आम्दानी गरेको छ । 

हाल चुक्ता पूँजी एक अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ संचित रहेको छ  । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी गरिरहेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ  । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो  । हकप्रद निष्कासनको मिति भने हालसम्म तय गरेको छैन ।

609c8cdb2e0cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको