Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार ५३१६ जना संक्रमित थपिए, ७२१९ जनाले जिते कोरोना

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १६ : ३३ मा प्रकाशित

बुधबार ५३१६ जना संक्रमित थपिए, ७२१९ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५ सय २४ र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षणमा ७ सय ९२ जना गरी  ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बितेको २४ घण्टामा १०१  जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ जना रहेका छन् ।

मंगलबार देशभर ६ हजार ८५ जना संक्रमित थपिएका थिए, भने ६ हजार ८ सय ९८ जना निको भएका थिए । यस्तै, मंगलबार कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको