Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता बैंकमा सिफ्ट

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १५ : ३२ मा प्रकाशित

लगानीकर्ता बैंकमा सिफ्ट

केही दिनेअघि देखि जलविद्युत कम्पनीमा लाग्दै आएका सेयर बजार बिहीबार भने बैंकिङ समूहमा सिफ्ट भएका छन् । बढ्ने १० कम्पनीमध्ये १ वटा महिला लद्युवित्त वित्तीय संस्था बाहेक सवै बैंक रहेका छन् । (आज) बिहीबार बैंकिङ समूह ५०.२५ अंकले बढेको छ । 

बिहीबार मन्जुश्री फाइनान्स, गुराँस फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, मितेरी डेभलपमेन्ट बैंक र माछापुच्छ« बैंक लिमिटेडमा लगानीकर्ताहरु झुमिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ बिन्दुमा पुगेको छ ।

 कूल २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको