Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार ६८२५ संक्रमित थपिए, ५९०४ जनाले जिते कोरोना

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १७ : ०५ मा प्रकाशित

बिहिबार ६८२५ संक्रमित थपिए, ५९०४ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षणमा एक हजार जना गरी  ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बितेको २४ घण्टामा ७५ जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १८ हजार ३ सय ३९ जना रहेका छन् ।

बुधबार देशभर ५ हजार ३ सय १६ जना संक्रमित थपिएका थिए, भने ७ हजार २ सय १९ जना निको भएका थिए । यस्तै, बुधबार कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको