Like us!
Follow us!
Connect us!
Watch us!

गर्मी बढेसँगै बढ्यो चीसोको मूल्य

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १२ : ३३ मा प्रकाशित

गर्मी बढेसँगै बढ्यो चीसोको मूल्य

गर्मी बढ्न थालेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ ।

बाेटलर्स नेपाल र बाेटलर्स नेपाल (तराई) बाट उत्पादित तलकाे सूचनामा उल्लेख गरिए अनुसारकाे कोकोकोला, फ्यान्टा र स्प्राइटको मूल्य बढेकाे हाे । अन्य चीसो पेय पदार्थकाे मूल्य भने पूरानै रहनेछ ।

बढेकाे मूल्य आज जेठ २१ गते, शुक्रबारबाट नै नेपालभर लागू हुनेछ । 

नयाँ मूल्य अनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ, कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटको मूल्य प्रति बाेतल २२५ रुपैयाँ र २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ बाेतल) को मूल्य १ हजार ३५० रुपैयाँ रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b9cd1c59d71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको