अर्थ संसार, 
काठमाडौँ, ऊर्जा मन्त्रालयले केही समय पहिले स्थापना गरेको जलविद्युत् उत्पादन कम्पनीले दुई हजार मेगावाट क्षमता भन्दा बढीका आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ । 
केही समय पहिले मात्रै स्थापना गरिउको जलविद्युत् उत्पादन कम्पनीले आयोजनाको प्रक्रिया अगाडि बढाउनका लागि विद्युत् विकास विभागमा निवेदन समेत दिएको छ । 
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले दुई हजार मेगावाट विद्युत उत्पादन क्षमताका चार जलविद्युत आयोजना अध्ययन गर्न लागेको जनाइएको छ ।
विभागमा दिइएको निवेदनका आधारमा कुल ६२७ मेगावाटको तल्लो अरुण, ६१७ मेगावाटको भेरी एक, ३०७ मेगावाटको जगदुल्ला र ४५० मेगावाटको किमाथांका अरुण रहेको छ । ती आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने र निर्माणको चरणमा प्रवेश गराउने कम्पनीको तयारी रहेको छ । 
विभागकाअनुसार पहिलो चरणमा ती आयोजना अध्ययन गरिनेछ । कम्पनीले आनै साधन तथा स्रोतमा ती आयोजनाको अध्ययन गर्ने र निर्माणको चरणमा पुर्याउनेछ ।
यी आयोजनाहरुको अध्ययन यही जेठदेखि सुरु गरेर २०७६ बैशाखमा सम्पन्न गर्ने कम्पनीले जनाएको छ । कम्पनीले अध्ययन अनुमतिका लागि यसैसाता विद्युत विकास विभागमा आवेदन दिएको विभागका महाप्रबन्धक नविनराज सिंहले बताए ।
‘अरु आयोजनाहरुको प्रक्रिया जे हो, यो कम्पनीले अनुमति मागेका आयोजनाहरुको पनि पक्रिया त्यही विभागले भनेको छ । 
सरकारले कम्पनी स्थापना गरेपछि बास्केटमा रहेको आयोजनाहरुको निर्माणलाई खुकुलो केही बनाएर अनुमति दिन लागेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस