Like us!
Follow us!
Connect us!
Watch us!

किन आयो वाणिज्य बैंकहरुको सेयर मूल्यमा उछाल ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १३ : ३२ मा प्रकाशित

किन आयो वाणिज्य बैंकहरुको सेयर मूल्यमा उछाल ?

नेपालको धितोपत्रको दोस्रो बजार कारोबारमा गत विहिबार देखि वाणिज्य बैंक उपसमूहका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । 

गत बिहिबार यो उपसमूहको सबइन्डेक्स ५०.४ अंकले बृद्धि भएको थियो भने आज आईतबारको कारोबारको प्रारम्भ देखिनै वाणिज्य बैंक उपसमूह अन्तरगतका बैंकहरुको सेयर खरिदमा लगानीकर्ताहरु अत्याधिक आकर्षित भएकाछन् । आज यो समाचार तयारपार्दा सम्म यो उसमूहको सबइन्डेक्स ३.२६ प्रतिशतले बृद्धि भएर १९७१.६६ को बिन्दुमा पुगेको छ । सबइन्डेक्स ६४.०५ अंकले बृद्धि भएको हो ।  

अहिले सम्म नेप्से परिसुचक पनि ४४.१९ अंकले बढेर २९००.९६ को बिन्दुमा पुगेको छ भने कारोबार रकम पनि नाघिसकेको छ । 

समग्र नेप्से इन्डेक्सको तुलनामा बैंक उपसमूहको सब इन्डेक्स अझैपनि ९०० भन्दा अंकले कम रहेको छ । विगत केहिदिन देखि पालै पालो विभिन्न उपसमूहहरुमा उछाल आईरहेकाले गत विहिबार देखि यो उपसमूहमा उछाल आएको देखिन्छ । 

अन्य उपसमूहका कम्पनीकहरुको तुलनामा वाणिज्य बैंकहरुको सेयर मूल्य एकदमै न्यून रहेकाले अझै केहिसमय बंैकहको सेयर मूल्य बढ्ने बिश्लेषकहरुको तर्क छ । अहिले पनि कतिपय बैंकहरुको सेयर मूल्य पहिले नेप्से इन्डेक्स १८०० को बिन्दुमा हुँदा कायम मूल्य भन्दा पनि कम छ समग्रमा अन्य क्षेत्रका कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुको लाभांश वितरणको क्षमता पनि बलियो रहेकाले अब बैंकहरुको सेयर मूल्य बढ्ने कुरामा कुनै द्धिविधा नरहेको उनिहरुको तर्क छ ।

आज नेप्सेमा सुचिकृत जम्मा २६ वाणिज्य बैंकहरु मध्य २४ वटा बैंकहरुको सेयर मूल्यमा बृद्धि भएको छ भने २ वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेटमेन्ट बैंक मर्जरको प्रक्रियामा रहेकाले यी दुई बैंकहरुको कारोबार नेप्सेमा रोक्का गरिएको छ ।  

अब आर्थिक बर्षको समेत समाप्ति हुन लागेको अवस्थामा राम्रो प्रतिफल दिने कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढ्नु स्वभाविक रहेको बताउछिन्- सक्रिय लगानीकर्ता अर्चना घिमिरे । अहिले बैंकहरुमा लगानीगर्नु भनेको पाक्नलागेको बाली घर भित्र्याउनु जस्तै रहेको उनको बुझाई छ ।  

60bc7e35c216a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको