Like us!
Follow us!
Connect us!
Watch us!

यी २ कम्पनीको विशेष साधारण सभा मंगलबार हुँदै, कुनको के एजेन्डा ?

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १३ : ४१ मा प्रकाशित

यी २ कम्पनीको विशेष साधारण सभा मंगलबार हुँदै, कुनको के एजेन्डा ?

विभिन्न २ वटा कम्पनीकाे विशेष साधारण सभा भोलि (जेठ २५ गते, मंगलबार) हुँदैछ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा मंगलबार हुन लागेको हो 

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा संस्थाकाे केन्द्रीय कार्यालय, मकवानपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले १००:६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । 

दुवै संस्थाले विशेष साधारण सभा गर्ने प्रयाेजनका लागि जेठ १७ गते एक दिनका लागि बुक क्लोज गरेका थिए । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको