आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना समेत रहेको छ ।
राष्ट्र बैंकको डेपुटी गभर्नर तीन सातादेखि खाली रहेको छ । अघिल्लो सरकारले डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकारलाई नै छोडेको थियो । सोही अनुसार अहिले राष्ट्र बैंकमा नेतृत्व अभाव देखिएको उक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको हो ।
आइतबार मात्रै अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलबीच डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो । विद्यमान व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस