Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले जनताबाट असाधारण सर्मथन पाएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १९ : २३ मा प्रकाशित

बजेटले जनताबाट असाधारण सर्मथन पाएको छः उपप्रधान तथा अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले जनताबाट असाधारण सर्मथन पाएको  बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् ।

कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उनले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताए ।

‘स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका छौं, यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने । सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उनले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पुर्याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाए । 

राष्ट्रिय गौरव तथा रुपान्तरणकारी परियोजना सम्पन्न गर्न अलग्गै संयन्त्रबनाइएको भन्दै अर्थमन्त्रीपौडेलले बजेट कार्यान्वयनको स्पष्ट खाका मन्त्रालयले तयार गरेको पनि बताए ।  

बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । ‘बजेटमा केहीखोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगलेवातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ,’  उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको